Kathmandu Press

होली नखेल्न बलिउड सुपरस्टार बच्चनको आग्रह

काठमाडौं, चैत ११ : बलिउड सुपस्टार अमिताभ बच्चनले यस वर्ष होली नखेल्न आग्रह गरेका छन्। उनले पनि होली नखेल्ने भएका छन्।उनी होली पर्व...
होली नखेल्न बलिउड सुपरस्टार बच्चनको आग्रह

काठमाडौं, चैत ११ : बलिउड सुपस्टार अमिताभ बच्चनले यस वर्ष होली नखेल्न आग्रह गरेका छन्। उनले पनि होली नखेल्ने भएका छन्।

उनी होली पर्व विशेष कार्यक्रमको आयोजना गर्दै आएका थिए। यस वर्ष भने कोरोना भाइरसको महामारीलाई ध्यानमा राखि होली नखेल्ने निर्णय गरेका हुन्। उनले अरुलाई पनि नखेल्न आग्रह गरेका छन्।  

गत वर्ष पनि बच्चन परिवारले होली कार्यक्रम नगरी शुभकामना मात्र आदानप्रदान गरेका थिए। बलिउडका अन्य कलाकारले पनि दूरी कायम गरेर होली मनाएका थिए।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। जसले गर्दा बच्चनलगायत बलिउड कलाकारले यस वर्षसामाजिक सञ्जालमै होली मनाउने भएका छन्।

 

 

 

 

प्रकाशित मिति: २०:२६ बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्