आमिर खानलाई कोराना संक्रमण
मुम्बई, चैत ११ : बलिउड अभिनेता आमिर खानलाई कोरोरोना भाइरसको संक्रमण भएको छ। दुई दिनयता स्वास्थ्य समस्या देखिएपछि घरमै रहेमै रहेका आमिरलाई बुधबार...
मुम्बई, चैत ११ : बलिउड अभिनेता आमिर खानलाई कोरोना भाइरसको संक्रमण भएको छ। दुई दिनयता स्वास्थ्य समस्या देखिएपछि घरमै रहेका आमिरलाई बुधबार कोरोना संक्रमण पुष्टि भएकाे हाे।
कोरोना संक्रमण देखिएपछि आरिमलाई घरमै क्वारेन्टिनमा राखिएकाे उनका प्रवक्ताले बताएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेकाे छ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढिरहेको छ। यसबीच बलिउडका थुप्रै कलाकार पनि संक्रमित भएका छन् । रणवीर कपुर, मनोज बाजपेपी, सञ्जयलीला भन्साली, सिद्धान्त चुर्तुवेदी, कार्तिक आर्यान, शतिश कौशिकलगायत काेराेना संक्रमति भएका छन्।
प्रकाशित मिति: १७:२८ बजे, बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












