Kathmandu Press

‘प्रेमगञ्ज’का लागि छानिए कलाकार

काठमाडौं, चैत ११ : फिल्म प्रेमगञ्जका लागि अडिसनबाट कलाकार छनोट गरिएको छ। कान्तिपुर फिल्म एकेडेमीमा अडिसनमा गर्दै निर्माण युनिटले कलाकार छनोट गरेको हो।चैत...
‘प्रेमगञ्ज’का लागि छानिए कलाकार

काठमाडौं, चैत ११ : फिल्म प्रेमगञ्जका लागि अडिसनबाट कलाकार छनोट गरिएको छ। कान्तिपुर फिल्म एकेडेमीमा अडिसनमा गर्दै निर्माण युनिटले कलाकार छनोट गरेको हो।

चैत २७ बाट फ्लोरमा जाने फिल्म ‘प्रेमजञ्ज’का लागि प्रशान्त श्रेष्ठ, सिमरन खड्का र सुप्रिया खनाल छानिएका छन् । प्रशान्त र सुप्रिया ‘टिकटक’ स्टार हुन्। फिल्मका लागि बालकलाकारका रुपमा आयुषी ढकाल छानिएकी छिन्।

परिच्छेन सेनले निर्देशन फिल्म ‘प्रेमगञ्ज’को कथा पनि उनले नै लेखेका हुन्। चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको फिल्म राजु फुयाँलले निर्माण गर्न लागेका हुन्। फिल्ममा कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ छन् ।

 

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्