Kathmandu Press

सुनसरी लिटिल प्रिन्स एन्ड एन्जलको उपाधि प्रत्युश र प्रतिशालाई

सुनसरी, चैत ११ : सुनसरी लिटिल प्रिन्स एन्ड एन्जलको उपाधि प्रत्युश गुरुङ र प्रतिशा डंगाेलले जितेका छन् । मंगलबार भएको ग्रान्ड फिनालेमा प्रत्युशले...
सुनसरी लिटिल प्रिन्स एन्ड एन्जलको उपाधि प्रत्युश र प्रतिशालाई

सुनसरी, चैत ११ : सुनसरी लिटिल प्रिन्स एन्ड एन्जलको उपाधि प्रत्युश गुरुङ र प्रतिशा डंगाेलले जितेका छन् । मंगलबार भएको ग्रान्ड फिनालेमा प्रत्युशले प्रिन्स र प्रतिशाले एन्लजको उपाधि जितेका हुन्।

प्रिन्सतर्फ रोशन भुजेल फर्स्ट रनरअप, नयन ताम्राकार सेकेन्ड रनरअप भए । यस्तै, एन्जलतर्फ आश्री गुराँगाईफर्स्ट रनरअप  र देश्ना खत्री सेकेन्ड रनरअप भए ।

Hardik ivf

प्रिन्स र एन्जलका विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे भने फर्स्ट रनरअपले १५ हजार र सेकेन्ड रनरअपले १० हजार रुपैयाँ प्राप्त गरे ।

एल एन्ड सि मोडल एजेन्सीले आयोजना गरेको कार्यक्रममा निर्णायकका रुपमा इभेन्ट कोअर्डिनेटर निश्चल पालिखे, मिस्टर इन्टरनेसनल २०१८ का विजेता साजिद आलम, मिस कोशी २०१६ तथा इभेन्ट को–अर्डिनेटर नितिक्ष्या पाठक, फेसन मोडल ट्रेनर रोनक अग्रवाल र इभेन्ट अर्गनाइजर बिन्दिया कार्की थिए।

प्रकाशित मिति: १२:४७ बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्