Kathmandu Press

सज्जाले ल्याइन ‘के यस्तो माया बस्यो नि’

काठमाडौं, चैत ११ : नेपाल आइडल सिजन–३ की विजेता सज्जा चौलागाईले नयाँ गीत ‘के यस्तो माया बस्यो नि’ बजारमा ल्याएकी छिन्। सज्जालाई ‘के...
सज्जाले ल्याइन ‘के यस्तो माया बस्यो नि’

काठमाडौं, चैत ११ : नेपाल आइडल सिजन–३ की विजेता सज्जा चौलागाईले नयाँ गीत ‘के यस्तो माया बस्यो नि’ बजारमा ल्याएकी छिन्। सज्जालाई ‘के यस्तो माया बस्यो नि’मा बलबहादुर राजवंशीले साथ दिएका छन् ।
हरि लम्सालको शब्द र संगीत रहेको गीत टुवेल नोट्सको युट्युब च्यालनमार्फत सर्वाजनिक भएको हो ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा नाजिर हुसेन र सुरविना कार्कीले फिचरिङ गरेका छन्। भिडियो बुद्द थापाले खिचेका हुन भने सम्पादन विकास धमलाले गरेका छन्।

 

प्रकाशित मिति: १२:३२ बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्