Kathmandu Press

महिला हिंसाविरुद्ध ‘थिंक पिंक’ कला प्रदर्शनी

बौद्धस्थित ‘ला ग्यालरी’मा कलाकार अनिषा महर्जनको ‘थिंक पिंक’ शीर्षकमा एकल कला प्रदर्शनी भइरहेको छ।
महिला हिंसाविरुद्ध ‘थिंक पिंक’ कला प्रदर्शनी

काठमाडौं, चैत ९ : बौद्धस्थित ‘ला ग्यालरी’मा कलाकार अनिषा महर्जनको ‘थिंक पिंक’ शीर्षकमा एकल कला प्रदर्शनी भइरहेको छ।

महिला दिवसको अवसरमा सुरु गरिएको यस प्रदर्शनीमा समाजमा महिलामाथि भइरहेको उत्पीडन प्रस्तुत गरिएको छ । ‘समाजमा महिला र पुरुषबीच हुने विभेदले महिलामा पर्ने भावनात्मक चोटलाई देखाउने प्रयास गरेकी छु,’ महर्जनले भनिन् ।

Hardik ivf

समाजका विविध पक्षलाई समेट्ने गरी उनले आफ्नो भाव व्यक्त गरेकी छन्। ‘बबलगम’ शीर्षकको कलामार्फत उनले दबिएर बसेका महिलाका मनोभाव र सोच देखाएकी छन्, जसमा वर्षौँ दबिएर बसेका उनीहरूको भाव कुनै दिन निस्सासिएर बाहिर पोखिन्छ भन्ने संकेत दिएकी छन्।

‘फलिङ ड्रिम्स’ शीर्षक कलामा महिलाले समाजमा अरूले के सोच्लान् भनी आफ्ना सपनाको बलिदान दिने गरेको यथार्थ उतारेकी छन्।

प्रदर्शनीमा महिलामाथि हुने शारीरिक र मानसिक हिंसालार्ई उनले चित्रमा उतार्ने प्रयास गरेकी छन्।

उनले सन् २०१७ देखि २०२१ सम्म कोरेका १४ वटा चित्रकला प्रदर्शनीमा राखिएको छ, जुन ३० मार्चसम्म चल्ने छ ।
 

प्रकाशित मिति: १६:३२ बजे, सोमबार, चैत ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्