Kathmandu Press

ब्राड पिटमाथि घरेलु हिंसाको आरोप

ब्राड पिटमाथि घरेलु हिंसाको आरोप

काठमाडाै‌ं, चैत ९ : हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफ्ना श्रीमान ब्राड पिटमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी छिन्। सम्बन्ध विच्छ्दको मुद्दा लडिरहेकी एन्जेलिना जोलीले ब्राड पिटमाथि यस्तो आरोप लगाएकी हुन्।

ब्रान्ड पिटसँग सम्बन्ध विच्छेद गर्नुपर्ने कारणस्वरुप जोलीले अदालतमा घरेलु हिंसाको प्रमाण पेश गरेको बताइएको छ। पिटविरुद्धको घरेलु हिंसाको आरोपमा आफ्ना ६ जना छोराछोरी पनि आफूसँगै रहेको बताउँदै एन्जेलिनाले त्यसका लागि उनीहरु अदालतमै उपस्थित हुन पनि तयार गरेको बताएकी छन्।

एन्जेलिनाले घरेलु हिंसाको आरोप लगाएपछि ब्राड पिट तनावमा रहेको बताइएको छ। दम्पतीले हाल आफ्ना नाबालिग बालबालिकाको संरक्षणको लागि संघर्ष गरिरहेको छन्।

प्रकाशित मिति: १४:१८ बजे, सोमबार, चैत ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्