Kathmandu Press

विभेदविरुद्धको गीत ‘ए मान्छे’ 

काठमाडौं, चैत ९ : ५६औं अन्तर्राष्ट्रिय रंगभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर राज सागरले सांगीतिक कोसेली ‘ए मान्छे’ सार्वजनिक...
विभेदविरुद्धको गीत ‘ए मान्छे’ 

काठमाडौं, चैत ९ : ५६औं अन्तर्राष्ट्रिय रंगभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर राज सागरले सांगीतिक कोसेली ‘ए मान्छे’ सार्वजनिक गरेका छन्।

२१औं शताब्दीमा मान्छेले बेहोर्नुृपरिरहेको विभेदविरुद्ध लेखक तथा विश्लेषक आहूतिले गरेको रचनालाई गायक राज सागरले भिडियोमार्फत सार्वजनिक गरेका हुन्। मर्यादा मिडियाको प्रस्तुति रहेको साे सांगीतिक भिडियो राजसागर स्वयंको संगीत संयोजनमा तयार पारिएको हो।

समाजको असमानता र अन्यायको जरो जात व्यवस्थालाई समाजबाटै उखेलेर फाल्ने प्रयासस्वरुप यो गीत ल्याइएको राज सागरको भनाइ छ। उक्त गीतमा संगीतकार संजीब बराइलीको संगीत छ।

भ्वाइस अफ नेपालमा रेकर्ड गरिएको उक्त गीतमा भिडियो निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादनमा युसब सापकोटाकाे भूमिका छ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति: १३:२८ बजे, सोमबार, चैत ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्