रामकृष्ण ढकालको स्वरमा ‘उकालीको त्यो पल्लो डाँडा’
काठमाडौं, चैत ८ : गायक रामकृष्ण ढकालको नयाँ गीत ‘उकालीको त्यो पल्लो डाँडा’ सार्वजनिक भएको छ । गीतको शब्द साजन श्रेष्ठले लेखेका हुन्...
काठमाडौं, चैत ८ : गायक रामकृष्ण ढकालको नयाँ गीत ‘उकालीको त्यो पल्लो डाँडा’ सार्वजनिक भएको छ । गीतको शब्द साजन श्रेष्ठले लेखेका हुन् भने संगीत अशोक थापाको छ ।
कुमार गजुरेलले निर्देशन गरेको भिडियोमा मोहन चाम्लिङ, कनन खालिङ, शीला गजुरेल, राम कुमार बान्तावा, विशाल राई मनोज खालिङले अभिनय गरेका छन् । भिडियोमा माओवादी द्वन्दकालको घटना र त्यसले बालबालिकामा पारेको असरलाई देखाइएको छ ।
भिडियो रामेश्वर हुमागाईको खिचेका हुन् भने तारा थापा किम्भेले गरेका छन्।
प्रकाशित मिति: १६:५६ बजे, आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












