Kathmandu Press

नेपाल चलचित्र उपकरण संघको १३औं साधारण सभा

नेपाल चलचित्र उपकरण संघको १३औं साधारण सभा

काठमाडौं, चैत ८ : नेपाल चलचित्र उपकरण संघको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा एककार्यक्रमबीच संघका सधारणभा सम्पन्न भएको हो ।

वार्षिक साधारणसभामा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले  पेशागत संघसंस्थाहरु मिलेर जानुपर्ने बताए । उनले पेशागत संघसंस्थाहरु मिल्ने हो भने चलचित्र क्षेत्रका धेरै समस्या समाधान हुने बताए।

Hardik ivf

सोही कर्याक्रममा संघका नवनिर्वाचत कार्यसमितिलाई सपथग्रहण पनि गराइयो । संघको नयाँ कार्यसमिति गत असोज ५ गते विश्वप्रकाश गौचनको अध्यक्षतामा चयन भएको थियो ।

संघका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशव घिमिरे, कोषाध्यक्ष जीवन थापा, सदस्यहरूमा माधव थापा ,विष्णु कल्पित, रुद्र गुरुङ, मनोज राजभन्डारी, राजन पुरी, शान्तिराम थापा, चेतनाथ तिमल्सिना छन् ।

 

प्रकाशित मिति: १२:०४ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्