विक्रम संवतको ‘अर्गानिक माया’ सार्बजनिक (भिडियो)

काठमाडौं, चैत्र ८ : अर्गानिक माया बोलको म्यूजिक भिडियो युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । चर्चित सर्जक तथा गायक शिव हमालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
संचारकर्मी विक्रम संवतको शब्द तथा लय रहेको अर्गानिक माया बोलको म्यूजिक भिडियोको पुतलीबजार नगरपालिका–४ स्थीत कुनौटे डाडाँमा छायाङ्कन गरिएको छ ।
चर्चित गायिका मेलिना राई र गायक सन्तोष आर.डी.को स्वर रहेको उक्त म्यूजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र सन्दिप विसीले अभिनय गरेका छन् ।
मायाप्रेममा आधारित म्यूजिक भिडियोको निर्देशन तथा छायाङ्कन असम स्टुडियोका संचालक प्रमोद गुरुङले गरेका हुन् । दुई दिन सम्म लगायर छायाङ्कन गरिएको अर्गानिक माया बोलको म्यूजिक भिडियोको नृत्य निर्देशन कमल गुरुङले गरेका थिए ।
स्थानीय कलाकारहरुको प्रतिभालाई समेत समेटेर म्यूजिक भिडियो तयार पारिएको अर्गानिक माया बोलको गितका सर्जक विक्रम संवतले बताए ।












