Kathmandu Press

‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक

काठमाडौं, चैत ७ : पुष्प खड्का अभिनित फिल्म ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक भएको छ। लक्ष्मण सुवेदीको लेखन तथा दीपक ओलीको निर्देशन रहेको फिल्मको...
‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक

काठमाडौं, चैत ७ : पुष्प खड्का अभिनित फिल्म ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक भएको छ। लक्ष्मण सुवेदीको लेखन तथा दीपक ओलीको निर्देशन रहेको फिल्मको ट्रेलर शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको हो। 

फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्री कृष्ण र लीलाको भूमिकामा देखिएका छन्। प्रेम कथामा आधारित फिल्ममा पुष्प उमेरले वयस्क भए पनि व्यवहारले बालकै रहेको, मानसिक रुपमा अस्वस्थ पात्र पात्रको भूमिका निर्वाह गरेका छन्। फिल्ममा पुष्पले छलकपट नजान्ने निर्दोष पात्रको भूमिका निर्वाह गरेको ट्रेलरले संकेत गरेको छ।

प्रकाश राज कार्की र केवल तामाङको निर्माण रहेको फिल्ममा पुष्प र श्रद्धाबाहेक बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ। रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्म चैत २७ देखि प्रदर्शनमा आउँदैछ। 

प्रकाशित मिति: १५:५४ बजे, शनिबार, चैत ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्