Kathmandu Press

भुवन केसी भन्छन, ‘रिमासँग स्क्रिन सेयर गर्न पाउँदा निकै खुशी छु’

काठमाडौं, जेठ २१ : सदाबहार अभिनेता भुवन केसी सात वर्षपछि फेरि पर्दामा आउँदैछन्। उनको फिल्म ‘मिस्टर नेपाल’को घोषणा गरिएको छ।

यसमा....

भुवन केसी भन्छन, ‘रिमासँग स्क्रिन सेयर गर्न पाउँदा निकै खुशी छु’
काठमाडौं प्रेस

काठमाडौं, जेठ २१ : सदाबहार अभिनेता भुवन केसी सात वर्षपछि फेरि पर्दामा आउँदैछन्। उनको फिल्म ‘मिस्टर नेपाल’को घोषणा गरिएको छ।

यसमा उनी अभिनेत्री रिमा विश्वकर्मासँग स्क्रिन सेयर गर्नेछन्। रिमा २९ वर्षकी भइन भने भूवन ६१ वर्षका भए।

आफूभन्दा ३२ वर्ष कान्छी हिरोइनसँग स्क्रिन सेयर गर्न पाउँदा भुवन भने दङ्ग छन्। ‘ रिमा बहिनी प्रतिभाशाली छिन्। उनीसँग पहिलो पटक स्क्रिन सेयर गर्न पाउँदा निकै खुशी छुँ,’ भुवनले काठमाडौंप्रेससँग भने।

Hardik ivf

फिल्म कस्तो बनाउने भन्ने निर्देशकको हातमा हुने उनको भनाइ छ। त्यसैले पनि राम्रो फिल्म बनाउन निर्देशकले रिमा र आफनो जोडी बनाएको उनी बताउँछन्।

‘कुशुमे रुमाल’, ‘नेपाली बाबु’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’ जस्ता सुपरहिट फिल्म दिइसकेका अभिनेता केसी पछिल्लो समय फिल्म निर्माणमा सक्रिय थिए। उनले अभिनयलाई चट्टै छोडेका थिए।

‘मिस्टर नेपाली’ले भने फेरि उनलाई अभिनयमा फर्काउँदै छ। उनी सात वर्षपछि अभियनमा फर्किन लागेका हुन्।

‘मिस्टर नेपाली’को केले तान्यो उनलाई? अभिनेता भुवन भन्छन्, ‘यसमा मेरो एक रोल बिलकुलै नेगेटिभ छ। यो रोल सुनेरै पनि मैले फिल्म ओके गरेको हुँ।’ यसमा उनी दोहोरो भूमिकामा देखिने छन्।

आफूलाई नेगेटिभ रोलमा दर्शकमाझ प्रस्तुत गर्न निकै उत्साहित रहेको उनले बताए। यसमा छोटो र पावरफूल रोल रहेको बताउदै उनले भने, ‘छोटो रोल भए पनि पावरफुल छ। अरु फिल्मभन्दा फरक रोलमा दर्शकले देख्न पाउनेछन्।’

देवचुली फिल्मस्को ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ निर्माण हुन लागेको हो। देव नारायण भुषालको लेखन तथा निर्देशनमा प्रेमराज दाहालले फिल्म निर्माण गर्न लागेका हुन्।

फिल्मले बिदेशमा बस्ने नेपालीको आफनो देशप्रतिको मायालाई देखाउने जनाएको छ।

प्रकाशित मिति: १२:२९ बजे, मंगलबार, जेठ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्