Kathmandu Press

प्रताप र जानुकाको श्वरमा 'मस्की मस्की' बजारमा

काठमाडौं, चैत ६ : गायक प्रताप दास र गायिका जानुका लामिछानेको नयाँ गीत 'मस्की मस्की' बजारमा आएको छ।डिएआर मुभिज एन्ड फिल्म्स प्रालिले युट्युब...
प्रताप र जानुकाको श्वरमा 'मस्की मस्की' बजारमा

काठमाडौं, चैत ६ : गायक प्रताप दास र गायिका जानुका लामिछानेको नयाँ गीत 'मस्की मस्की' बजारमा आएको छ।

डिएआर मुभिज एन्ड फिल्म्स प्रालिले युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। प्रावावन जेका शब्द र संगीतमा दास र लामिछानेले श्वर दिएका हुन्।

यसको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र नायिका वर्षा राउतको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्मा हुमागाँईको छायांकन रहेको भिडियोको सम्पादन डिन्सन शाहले गरेका हुन्।

माहि सिंहको मेकअप, राजाराम गौतमको चरित्र निर्देशन, विवेक चौलागाईको व्यवस्थापन, श्याम धितालले उत्पादन गरेको भिडियाको नृत्य निर्देशन माधव श्रेष्ठले गरेका हुन्।

प्रकाशित मिति: १९:११ बजे, शुक्रबार, चैत ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्