Kathmandu Press

कमेडी च्याम्पियन सिजन २’ ग्राण्ड प्रिमियर सम्मन्न 

काठमाडौं, चैत ६ : ठमेलस्थित छांया सेन्टरमा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ ग्राण्ड प्रिमियर भएको छ। फिजिकल अडिसनबाट उत्कृष्ट २४ जना छनोट भएपछि...
कमेडी च्याम्पियन सिजन २’ ग्राण्ड प्रिमियर सम्मन्न 

काठमाडौं, चैत ६ : ठमेलस्थित छांया सेन्टरमा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ ग्राण्ड प्रिमियर भएको छ। 

फिजिकल अडिसनबाट उत्कृष्ट २४ जना छनोट भएपछि ग्राण्ड प्रिमियर आयोजना गरिएको हो।  उक्क्त शो प्रशारण भने फागुन २१ बाट सुरु भइसकेको छ। 

सिजन २ को पहिलो भाग प्रस्तुत भएको उक्क्त प्रिमियरमा चार जना प्रतियोगीको प्रस्तुती रहेको थियो। जसमा विक्की अग्रवाल, सन्तोष थापा, कैलाश कार्की, र सुन्दर खनाले आफ्नो प्रतिभा देखाएका थिए। 

उत्कृष्ट २४ जना प्रतियोगीको परिचय गराइएको यस कार्यक्रममा निर्णायक मनोज गजुरेल र हाँस्यकलाकार सुवोध गौतमले पनि प्रस्तुती दिएका थिए। 

यस वर्षको कमेडि च्याम्पियनमा सहभागी हुन डिजिटल अडिसनमा ६ हजार भन्दा बढी आवेदकहरु संलग्न भएका थिए। जसमा १ सय २० जनाल फिजिकल अडिसनका लागि छनोट भएका थिए।  

कान्तिपुर टिभीबाट शुक्रबार र शनिबार प्रसारण भइरहेको यस कार्यक्रममा निर्णायक सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई रहेका छन् । कार्यक्रमका कार्यकारी निर्माता केकी अधिकारी, विशाल भण्डारी र रीमा विश्वकर्मा रहेका छन्। कार्यक्रमलाई  निर्देशन विशाल भण्डारीले गरेका छन्। 
 

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, चैत ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्