Kathmandu Press

‘द भ्वाइस अफ नेपाल ३’ शुक्रबारदेखि 

काठमाडौं, चैत ५ : नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ शुक्रबारदेखि सुरु हुने भएको छ। यो सिजनको कार्यक्रममा सहभागी हुन ४० हजार आवेदक...
‘द भ्वाइस अफ नेपाल ३’ शुक्रबारदेखि 
Hardik ivf

काठमाडौं, चैत ५ : नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ शुक्रबारदेखि सुरु हुने भएको छ। 

यो सिजनको कार्यक्रममा सहभागी हुन ४० हजार आवेदक डिजिटल अडिसनमा आवद्ध भएका थिए। जसमध्ये १ सय २० जना प्रतिस्पर्धीहरुले शोको ‘ब्लाइन्ड अडिसन’ मा सहभागी हुने मौका पाएका छन्। हरेक कोचबाट छानिएर आएका  १२ जना प्रतिस्पर्धीहरुले ब्याटल राउण्डमा आफ्नो प्रतिभा देखाउन पाउनेछन्। 

कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले शुक्रबार र शनिबार हिमालय टेलिभिजनमार्फत शो प्रसारण हुने बताएका छन्।  यसपटक कार्यक्रममा आस्था राउतको ठाउँमा अर्की चर्चित गायिका तृष्णा गुरुङ प्रवेश गरेकी छिन्। अन्य कोचहरुमा प्रदिप श्रेष्ठ, राजु लामा र प्रमोद खरेलले निरन्तरता दिनेछन्। 

प्रकाशित मिति: १४:४० बजे, बिहीबार, चैत ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्