Kathmandu Press

खगेन्द्रले जिते अन्नपूर्ण म्याराथनको उपाधि

पोखरा, जेठ २० : दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवअन्तर्गतको अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटले जितेका छन्।

अन्नपूर्ण हिमाल आरो....

खगेन्द्रले जिते अन्नपूर्ण म्याराथनको उपाधि

पोखरा, जेठ २० : दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवअन्तर्गतको अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटले जितेका छन्।

अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी चार घण्टा ६ मिनेट ५३ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन्।

त्यस्तै हरिकुमार रिमालले उक्त दूरी चार घण्टा १४ मिनेट ४० सेकेन्डमा पार गर्दै द्वितीय स्थान हासिल गरेका छन्। गोपाल तामाङ चार घण्टा २२ मिनेट २९ सेकेण्डमा उक्त दूरी पार गरी तेस्रो बनेका छन्।

समुद्री सतहबाट चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरू म्याराथन माछापुच्छे« आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी र भैँसीखर्क हुँदै घान्द्रुकमा समापन भएको हो।

म्याराथनमा प्रथम हुने धावकले एक लाख पाँच हजार, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५५ हजार रुपैयाँ पुरस्कार रहेको छ। (रासस)

प्रकाशित मिति: १३:२१ बजे, सोमबार, जेठ २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्