Kathmandu Press

सलमानकी पूर्वप्रेमिका सोमी भन्छिन्– १४ वर्षमै बलात्कारको शिकार भएँ

काठमाडौं, चैत ४ : बलिउडका ‘किङ खान’ सलामनकी पूर्वप्रेमिका अभिनेत्री सोमी अलीले १४ वर्षकै उमेरमा आफू बलात्कृत भएको बताएकी छिन्। एक अन्तर्वार्ताका क्रममा ४४...
सलमानकी पूर्वप्रेमिका सोमी भन्छिन्– १४ वर्षमै बलात्कारको शिकार भएँ

काठमाडौं, चैत ४ : बलिउडका ‘किङ खान’ सलामनकी पूर्वप्रेमिका अभिनेत्री सोमी अलीले १४ वर्षकै उमेरमा आफू बलात्कृत भएको बताएकी छिन्। एक अन्तर्वार्ताका क्रममा ४४ वर्षीय अभिनेत्री सोमीले आफू पटक–पटक यौन शोषणमा परेको र १४ वर्षको उमेरमा बलात्कृत भएको बताएकी हुन्।

सानै उमेरमा पटक–पटक यौन शोषणमा परेको बताउँदै सोमीले भनेकी छिन्, ‘५ र ९ वर्षको हुँदा नै यौन शोषणमा परेँ, १४ वर्षको उमेरमा बलात्कृत भएँ ।’ उनले आफू पहिलो पटक पाकिस्तानमा यौन शोषणमा परेको बताएकी छिन्।

९० को दशकमा बलिउडमा चर्चित बनेकी अभिनेत्री सोमी ‘नो मोर टियर्स’ नामक एनजीओ मार्फत् बलात्कारको शिकार भएका र यौन शोषणमा परेका बालबालिकाहरूको पक्षमा काम गरिरहेकी छिन्। घरेलु हिंसाको सिकार भएका मानिसहरूको उद्धार गर्ने उद्देश्यसहित सन् २००७ मा ‘नो मोर टियर्स’ स्थापना भएको हो।

Hardik ivf

अभिभावकले कसैलाई भन्न भनेकाले यौन शोषणको घटना त्यतिखेर बाहिर नआएको उनले बताइन् । ‘५ वर्षको हुँदा पहिलो पटक पाकिस्तानमा यौन शोषणमा परेँ ।  हामी सर्वेन्ट क्वाटरमा बसिरहेका थियौँ, त्यहीँ तीन यस्ता घटनाको सामना गरेँ,’ सोमीले भनिन्, ‘यसबारे मैले आमाबुबालाई पनि भनेँ, उहाँहरूले छोरी यो कुरा कसैलाई पनि नभन्नु भयो। त्यसैले यो कुरा बाहिर आउन लामो समय लाग्यो।’

आफू शोषणमा परेको कुरा बाहिर नआए पनि यो कुराले आफूलाई लामो समयसम्म सताएको उनी बताउँछिन् । उनी भन्छिन् ‘मेरो मस्तिष्कमा यो कुरा धेरै वर्षसम्म रह्यो । मैले कुनै गल्ती गरेको हुँ र ? भन्ने प्रश्न जहिले पनि आउँथ्यो ।’

सालमानसँग विवाहको आशामा फ्लोरिडाबाट मुम्बई 

अन्त, किसन, अवताल तीसराजस्ता फिल्म अभिनय गरेकी सोमीले अभिनेता सलमान खानसँग विवाह गर्ने आशमा आफू भारत आएको बताएकी छिन् । ‘१५ वर्षको उमेरमा ‘मेने प्यार किया’ हेरेपछि सलमानलाई मनपराउन थालेँ, र उनीसँगै विवाह गर्ने सोच्न थालोँ । विवाह गर्ने आशामा फ्लोरिडाबाट मुम्बई आए, बलिउडमा काम गर्न थालेँ,’ सोमी भन्छिन्।

सलमानसँग ८ वर्ष रिलेसनसिपमा रहेकी सोमीले पहिलो पटक उनाई स्टुडियोमा भेकी थिइन् । फिल्म बुलन्दमा दुवैले सँगै कम पनि गरे । तर, फिल्म भने अहिलेसम्म प्रदर्शमान आएको छैन।

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, चैत ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्