भोमनको निर्देशनमा ‘ए’
काठमाडौं,चैत ३ : भोमन कटुवालको निर्देशनमा चलचित्र ‘ए’ को छायाँकन सुरु भएको छ ।विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् र थ्रिलर चलचित्र...
काठमाडौं,चैत ३ : भोमन कटुवालको निर्देशनमा चलचित्र ‘ए’ को छायाँकन सुरु भएको छ ।
विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् र थ्रिलर चलचित्र ‘ए’ को शुभमुर्हत गरेर छायाँकन सुरु भएको हाे।
आज विहान कलाकार रवि गिरीले मुर्हत टेक दिएर सुरु भएको चलचित्रको छायाँकन भने काठमाडौं, बनेपा र सागाँमा हुने निर्माण टिमले जानकारी दिएको छ ।
यस चलचित्रको मुख्य भुमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्ठिम गुरुङ्ग, रिस्ता बस्नेत र रवि गिरी रहेका छन् ।
यो चलचित्रमा पटकथा तथा संवाद भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाँकंन मोहन कुमार झिल्लुले गर्ने भएका हुन् भने सम्पादन अनिल कुमार महर्जनको रहेको छ ।
चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ ।
प्रकाशित मिति: १६:११ बजे, मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












