ग्रयामी म्युजिक अवार्डमा वियोन्से टेलर स्विफ्टको रेकर्ड

लस एन्जलस, चैत २ : ग्रयामी म्युजिक अवार्डमा गायिकाद्वय वियोन्से र टेलर स्विफ्टले नयाँ इतिहास बनाएका छन् । आइतबार अमेरिकाको लस एन्जलसमा भएको ६३औं ग्रयामी म्युजिक अवार्डमा स्विफ्ट र वियोन्सेले रेकर्ड बनाएका हुन्।
ग्रयामी म्युजिक अवार्डमा चार विधामा अवार्ड जित्दै वियोन्सले एकै संस्करणमा सर्वाधिक विधामा अवार्ड जित्ने कीर्तिमान बनाइन् । ६३औं ग्रयामी म्युजिक अवार्डमा वियोन्सेले द वेस्ट आर एण्ड बी पर्फमेन्स, वेस्ट ¥याप पर्फमेन्स, वेस्ट ¥याप गीत, वेस्ट म्युजिक भियियो अवार्ड जितेकी हुन्।
यसैगरी गायिका टेलर स्विफ्टले फोल्कालोरबाट ‘एल्बम अफ द इयर’ अवार्ड जितिन् । योसँगै उनले एल्बम अफ दी इयर अवार्ड लगातार तेस्रो पटक जित्नै कीर्तिमान बनाइन् । यसअघि उनले सन् २०१९ र २० मा पनि यो अवार्ड जितेकी थिइन् ।
यस्तै, १९ वर्षीय गायिका बिलि इलिशको ‘एभरिथिङ आई वान्टेडबाट रेकड अफ द इयर अवार्ड जितेकी छिन्।












