Kathmandu Press

नेयमारमाथि बलात्कारको आरोप

काठमाडौं, जेठ १९ : विश्वका सबैभन्दा महङ्गा फुटबल खेलाडी नेयमारमाथि बलात्कारको आरोप लागेको छ।

फ्रेञ्च फुटबल लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन....

नेयमारमाथि बलात्कारको आरोप
एजेन्सी

काठमाडौं, जेठ १९ : विश्वका सबैभन्दा महङ्गा फुटबल खेलाडी नेयमारमाथि बलात्कारको आरोप लागेको छ।

फ्रेञ्च फुटबल लिग च्याम्पियन पेरिस सेन्ट जर्मेनका यी २७ वर्षीय ब्राजिलियन स्ट्राइकरलाई ब्राजिलकै एक युवतीले बलात्कारको आरोप लगाएकी हुन्।

ती युवतीले ब्राजिलको साउ पाउलोस्थित एक प्रहरी कार्यालयमा नेयमारविरुद्ध उजुरी दिएको ब्राजिलियन सञ्चार माध्यमले जनाएका छन्। उजुरी पत्रअनुसार, नेयमारले पेरिसको एउटा होटल कोठामा रक्सी खाएर ती युवतीमाथि जबर्जस्ती यौन सम्पर्क राखेका थिए।

नेयमार र ती युवतीको भेट इन्स्टाग्राममा भएको थियो। इन्स्टाग्राममा केही समय कुराकानी भएपछि नेयमारले ती युवतीलाई पेरिस बोलाएका थिए। उनी होटल कोठामै थिइन्। नेयमार होटल पुग्दा रक्सीले मातेको देखिन्थे।

दुई जनाबीच केहीबेर कुराकानी भयो। ती युवतीले ‘एकअर्कालाई सुम्सुम्याएको तर त्यसैबेला नेयमार हिंस्रक भएर आफूमाथि जबर्जस्ती गरेको’ बताएका छन्। यो घटना तीन साताअघि भए पनि ती युवतीले प्रहरीमा गत शुक्रबारमात्रै उजुरी दिएकी थिइन्।

नेयमारका बुवाले भने आफ्नो छोराबाट पैसा धुत्न मात्रै ती युवतीले त्यस्तो आरोप लगाएको बताएका छन्। उनले नेयमार र ती युवतीबीचको ह्वाट्सएप्स संवाद सार्वजनिक गर्न पनि आफ्नो परिवार तयार रहेको बताएका छन्।

(एजेन्सीहरूको आधारमा)

प्रकाशित मिति: १३:५२ बजे, आइतबार, जेठ १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्