Kathmandu Press

जब गुञ्जियो ‘नझार आँखाबाट कसैका प्रीतहरू’

काठमाडौं, जेठ १८ : आफनो नयाँ सिर्जनाका साथ नेपालयको आर शालाको पलेँटी शृंखलालाई सुमधुर साँझमा बदलिन् शान्ति ठटालले।

नेपाली आधुनिक संगीतकी मूर....

जब गुञ्जियो ‘नझार आँखाबाट कसैका प्रीतहरू’
अविरा श्रेष्ठ/नेपाल

काठमाडौं, जेठ १८ : आफनो नयाँ सिर्जनाका साथ नेपालयको आर शालाको पलेँटी शृंखलालाई सुमधुर साँझमा बदलिन् शान्ति ठटालले।

नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार ठटालले आफना शिष्यहरू बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधानको साथमा आफैले बनाएको डेढ दर्जन जति गीत प्रस्तुत गरेन।

उनी सन् २००६ देखि प्राय वर्षेनी पलेँटीमा प्रस्तुत हुँदै आएकी थिइन। र यसपटक पनि उनी दार्जेलिङ्गदेखि तीन दिनको पलेँटी साँझका लागि काठमाडौं आएकी हुन्।

Hardik ivf

पलेँटीका संयोजक तथा संगीतकार आभासले कार्यक्रम संचालन गर्दै संगीतकार ठटालसँगको सांगीतिक संगतको चर्चा गरे। उनले ठलाललाई मालती फूलसँग दाँज्दै ‘‘संगीत मल्लिका’ले सम्बोधन गरे।

संगीतकार ठलालले भजनबाट कार्यक्रमको थालनी गरिन। त्यसपछि रत्न शम्शेर थापाले रचना गरेका तीन गीत प्रस्तुत गरिन। गायिका बिमला सेञ्चुरी प्रधानले ‘तिर्सना छल्किन्छ’ र ‘मलाई चोट फेरि’मा स्वर दिएकी थिइन्। अञ्जली प्रधानले भने ‘आँखा आँखामा वैँशको मात’ सुनाइन।

गायिका बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधानसँगै स‌ंगीतकार शान्ति ठटाल।

ठटालको नयाँ गीतमा तीन हप्ता पहिले काठमाण्डौ भित्रिएर सिर्जना गरेको सबैभन्दा कान्छो संगीत पनि प्रस्तुत भएको थियो। जसको शब्द आभासको थियो।
र त्यो नयाँ सृजनालाई बिमलाले स्वर दिएन् ‘जीवन चुपचाप गुजारेँ त के भो?, तिमीले जित्यौ म हारेँ त के भो?’

संगीतकार ठटाललाई यसपाली पलेँटीले संगीतकारको रुपमा मात्र प्रस्तुत गर्न खोज्दा खोज्दै पनि प्रसंशकहरूको अनुरोधलाई नाइनास्ती गर्न सकिनन्।

‘हुन त म गायनबाटै संगीतमा प्रवेश गरेकी हुँ। गाउन मन पनि लाग्छ तर अब गाह्रो हुन्छ‘ आठ दशक पार गरिसकेकी ठटालले भनिन्।

एउटा गीत मात्रै सुनाउछु भनेर आँखा बन्द के गरेकी थिइन, पलेँटीलाई रंगीन बनाउँदै गुञ्जियो, ‘नझार आँखाबाट कसैका प्रीतहरू।’

गीत सकिन नपाउँदै तालीको गडगडाहट आयो। दर्शकले फेरि अर्को गीतको अनुरोध गरे।

संगीतकार ठटालले पनि ‘आज त एउटा मात्र पो गाउँ भनेको’ भन्दै हार्मोनियममा औंला डौदाइन, र सुमधुर आवाजमा निस्क्यो,  ‘सम्हालेर राख।’
गीत टुङ्गयाउँदा ठटालको मुहारमा झल्किएको हाँसोले पलेँटीको मञ्च झन् खुलेको भान हुन्थ्यो।

उनले संगीतका सबै विधामा सिद्धता हासिल गरेकी छन्। उनले संगीत भरेका चलचित्रका गीत पनि निकै लोकप्रिय छन्।

पलेँटीमा फेरि गायिका बिमला सेञ्चुरीको पालो आयो। उनले ठटालले नै संगीत भरेको चलचित्र  ‘बाँच्न चाहने’का दुइटा गीत ‘नयाँ नयाँ घामको किरण’ र ‘मीठो मीठो तिम्रो साथ मीठो’ प्रस्तुत गरिन्।

कार्यक्रमको अन्त्यमा संगीतकार ठटालले नै लेखेको  ‘मायालुले सम्झे कि कसो’ प्रस्तुत गर्दा ‘आर’शालामा उपस्थित दर्शकका ओठ पनि चलमलाइरहेका थिए।

पलेँटीमा ठटाललाई किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गीतारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिएका थिए।

शुक्रबारदेखि सुरू भएको पलेँटीको यो श्रृंखला आज अन्तिम हो।

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, जेठ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्