चलचित्र ‘प्रकाश’को टोली जुम्लातिर
काठमाडौं, फागुन २७ : चलचित्र ‘प्रकाश’को शुभमुहुर्तसँगै कलाकार र प्राविधिकको टोली जुम्लातिर लागेको छ।बिहीबार मनकामना मन्दिरमा चलचित्रका कलाकार र प्राविधिक टिमले पूजा गरेका...
काठमाडौं, फागुन २७ : चलचित्र ‘प्रकाश’को शुभमुहुर्तसँगै कलाकार र प्राविधिकको टोली जुम्लातिर लागेको छ।
बिहीबार मनकामना मन्दिरमा चलचित्रका कलाकार र प्राविधिक टिमले पूजा गरेका छन्। पूजा गरेसँगै छायांकनका लागि चलचित्रको टिम जुम्लातिर लागेको हो।
दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्रमा रेनु योगी, दिया मास्के, प्रदीप खड्कालगायतका कलाकारहरूको मूख्य भूमिका रहनेछ।
यस चलचित्रमार्फत एक युवकको सरकारी शिक्षक बन्ने सपनाको कथालाई दर्शकमाझ पस्कने चलचित्र टिमले जनाएको छ।
बिनिष इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गर्न लागेका हुन्। यस्तै चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन्।
प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












