Kathmandu Press

मनिषा कोईरालाको स्वरमा  महामृत्युंजय मन्त्र सार्वजनिक

काठमाडौं, फागुन २७ : अभिनेत्री मनिषा कोईरालाले महामृत्युंजय मन्त्र सार्वजनिक गरेकी छन् । उनले महाशिवरात्रीको अवसरमा बिहीबार आफ्नै स्वरमा रहेको महामृत्युंजय मन्त्र सार्वजनिक गरेकी हुन्...
मनिषा कोईरालाको स्वरमा  महामृत्युंजय मन्त्र सार्वजनिक
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, फागुन २७ : अभिनेत्री मनिषा कोईरालाले महामृत्युंजय मन्त्र सार्वजनिक गरेकी छन् । 

उनले महाशिवरात्रीको अवसरमा बिहीबार आफ्नै स्वरमा रहेको महामृत्युंजय मन्त्र सार्वजनिक गरेकी हुन् । यस मन्त्रमा मनिषाका साथै सुरेन्द्र सुर–सुधा र सरस्वती खत्रीकोसमेत स्वर रहेको छ । यस्तै उक्त मन्त्रमा संगीत पनि सुरेन्द्र सुर–सुधाकै रहेको छ । 

बासुरी र सीतारको प्रयोगले यस मन्त्रलाई थप सुमधुरता दिएको छ । अनुप सापकोटाले निर्देशन गरेको यस मन्त्रलाई ‘टप आफ द वर्ड फिल्म ग्रुप’ले दर्शकमाझ ल्याएको हो ।

Hardik ivf


 

प्रकाशित मिति: १३:३३ बजे, बिहीबार, फागुन २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्