शनिबार हुँदै 'नेफ्टा अवार्ड’
काठमाडौं, फागुन २७ : आगामी शनिबार ‘नेफ्टा अवार्ड’को १० औं संस्करण काठमाडौंमा आयोजना हुँदैछ । नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त...
काठमाडौं, फागुन २७ : आगामी शनिबार ‘नेफ्टा अवार्ड’को १० औं संस्करण काठमाडौंमा आयोजना हुँदैछ ।
नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा हुन लागेको अवार्डमा नयाँ तथा पुराना सबै प्रकारका कलाकारहरुको सहभागिता रहनेछ । जसका लागि बिदेशमा रहेका अभिनेत्री निरुता सिंह र विपना थापा अहिले नेपाल आएका छन् ।
अवार्डमा राजेश हमालको विशेष प्रस्तुति र शोभित बस्नेत, सलोन बस्नेत, सुरक्षा पन्त, जेबिका कार्कीलगायत दर्जन बढी कलाकर्मीको प्रस्तुति रहनेछ । सन्दिप क्षेत्री, सञ्जोक बस्याल, माल्भिका सुब्बाको उद्घोषण रहने कार्यक्रम सोल्टी होटलमा भव्य समारोह बीच आयोजना हुँदैछ ।
३१ विधामा वितरण हुन लागेको अवार्डमा उत्कृष्ट अभिनेता तर्फ विपिन कार्की, बिनय श्रेष्ठ, खगेन्द्र लामिछाने र अनमोल केसीको प्रतिस्पर्धा रहेको छ, भने अभिनेत्री तर्फ नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, मेनुका प्रधान, पूजा शर्मा र दीपिका प्रसाई मनोनयनमा परेका छन् ।












