चलचित्र ‘गणपति’को छायांकन सकियो
काठमाडौं, फागुन २६ : अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनिते फिल्म ‘गणपति’को सुटिङ पुरा भएको छ। तनहुँको बन्दीपुरको थारुबासबाट फिल्मको छायाँकन सुरु भएको...
काठमाडौं, फागुन २६ : अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनिते फिल्म ‘गणपति’को सुटिङ पुरा भएको छ।
तनहुँको बन्दीपुरको थारुबासबाट फिल्मको छायाँकन सुरु भएको थियो। यस फिल्मको टिम अहिले पोष्ट प्रोडक्सनको काममा व्यस्थ छन्।
सविन अधिकारीको निर्देशन रहेको यस फिल्मको कथा, पटकथा तथा संवाद पनि उनकै रहेको छ। भगवान र मानिसमा हुने फरकपन देखाउन खोजिएको यस फिल्मलाई विज्ञान केसी, लक्ष्मण थापा र अरविन्द्र गिरी निर्माण गरेका छन्।
फिल्ममा मुकुन र मेनुकासँगै जयनन्द लामा, सूर्यमाला खनाल, राजाराम पौडेल, सुशिल पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, कालु राना, देवेन्द्र बब्लु, अंशु मानन्धर, टीका भक्त जिरेल लगायत कलाकारको अभिनय रहेको छ। विव्रmम स्वारको कोरियोग्राफि रहेको यस फिल्ममा हरिबहादुर घलेको छायांकन रहेको छ।
ओभरसिज राइट्सको अधिकार लिएको स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले फिल्मलाई देशभर प्रदर्शन गर्ने भएको छ। अगामी वर्ष प्रर्दशनमा आउने भनिएको यो फिल्म नेपालभन्दा अगाडि यूके र अष्ट्रेलियामा प्रदर्शन हुनेछ ।












