Kathmandu Press

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा उमेश पटवाल

काठमाडौं, जेठ १७ : राष्ट्रिय क्रिक्रेट टिमको मुख्य प्रशिक्षकमा शुक्रबार उमेश पटवाल नियुक्त भएका छन्। उनी भारतका पूर्वक्रिक्रेटर हुन्।

उनलाई ....

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा उमेश पटवाल

काठमाडौं, जेठ १७ : राष्ट्रिय क्रिक्रेट टिमको मुख्य प्रशिक्षकमा शुक्रबार उमेश पटवाल नियुक्त भएका छन्। उनी भारतका पूर्वक्रिक्रेटर हुन्।

उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको हो। नेपाल क्रिकेट संघ निलम्बनमा रहेकाले आईसीसीले नै मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

उनको मासिक तलब पनि आईसीसीले नै व्यहोर्ने छ। उनले मासिक सात सय डलर तलब पाउने जनाएको छ।

यस अघि उनी नेपाल राष्ट्रिय टोलीका ब्याटिङ प्रशिक्षक रहेका थिए। उनले एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्सको प्रशिक्षक भएर काम गरेका थिए।

त्यस्तै, पटवाल अफगानिस्तानको पनि प्रशिक्षक भएका थिए।

आजै राष्ट्रिय खेलकुद परिषद र पटठवालबीच सम्झौता हुने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति: १५:०८ बजे, शुक्रबार, जेठ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्