Kathmandu Press

सुशान्तको मृत्युपछि रियाको करियरमा धक्का, फिल्मको पोस्टरबाट तस्बिर गायव

काठमाडौं, फागुन २२ : बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई एक समय बलिउडको उदाउँदो स्टारको रुपमा हेरिएको थियो ।सोनाली केबलमा सानदार अभिनय गरेकी रियाले सबैको...
सुशान्तको मृत्युपछि रियाको करियरमा धक्का, फिल्मको पोस्टरबाट तस्बिर गायव

काठमाडौं, फागुन २२ : बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई एक समय बलिउडको उदाउँदो स्टारको रुपमा हेरिएको थियो ।

सोनाली केबलमा सानदार अभिनय गरेकी रियाले सबैको मन पहिलो फिल्मबाट नै जितेकी थिइन् । तर, अचानक जुन १४ मा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याले उनको जिवननै परिवर्तन गरायो । 

Hardik ivf

 सुशान्तको प्रेमिका समेत रहेकी रियालाई सुशान्तको हत्याको आरोप लाग्यो । उनीविरुद्ध हत्याको आरोपसँगै लागुऔषध दुव्र्यसनीको समेत मुद्दा लाग्यो । उनी जेल गइन् । उनी लामो समय सामाजिक सञ्जाल र फिल्म क्षेत्रबाट टाढा रहिन् । 

भारतीय सञ्चार माध्यमका अनुसार बलिउडमा भर्खरै उदाएकी अभिनेत्री रिया चक्रवर्तीको करियरमा धक्का लागेको छ ।

फिल्ममा तोकिएको भूमिकाबाट रियालाई हटाइएको छ । उनी जुन भूमिकामा देखिने तय भएको थियो त्यसबाट हटाएर उनलाई अर्कै भूमिकामा अनुबन्ध गरिएको छ । 

उनी सुपरस्टार अमिताभ बच्चनसँग फिल्म ‘चेहरे’ मा थिइन् । फिल्मको शुटिंग पनि भएको छ । तर फिल्मको पोस्टरमा भने रियाको कुनै पनि तस्बिर देखाइएको छैन । इमरान हाशमी र क्रिस्टल डिसूजाको तस्बिर देखाइएको छ भने रिया गायब छिन् । 

प्रकाशित मिति: १२:२८ बजे, शनिबार, फागुन २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्