Kathmandu Press

पञ्जाबी गीतमा लक्ष्मी

काठमाडाैं, फागुन २१ : नेपाली मोडल लक्ष्मी बस्नेत अभिनित पञ्जाबी गीत ‘अम्ब्रान दे कागज’ को म्युजिक भिडियो सर्वाजनिक भएको छ। तरुण ऋषिले गाएको...
पञ्जाबी गीतमा लक्ष्मी

काठमाडाैं, फागुन २१ : नेपाली मोडल लक्ष्मी बस्नेत अभिनित पञ्जाबी गीत ‘अम्ब्रान दे कागज’ को म्युजिक भिडियो सर्वाजनिक भएको छ। तरुण ऋषिले गाएको पञ्जाबी गीत ‘अम्ब्रान दे कागज’ भिडियो युट्युब च्यानल तेराकोट्टा म्युजिमार्फत सर्वाजनिक भएको हो।

कुलवन्त गरैयाले खेलेको गीतमा संगीत तरुण ऋषिकै छ । मयुरेश वाड्कर र राज बैकरले निर्देशन गरेको भिडियोमा लक्ष्मीलाई मानव यादवले साथ दिएका छन्।

बलिउडमा मोडलिङमा भविष्य खोजिरहेकी लक्ष्मी दुई वर्षयता मुम्बईमै छिन् । यसबीचमा उनले केही म्युजिक भिडियो, वेवसिरिज, विज्ञापनमा काम गरिसकेकी छिन् । लक्ष्मीले डेब्यू म्युजिक भिडियो ‘तु रहने दे’बाट पानस इमेज अवार्डमा उत्कृष्ट नवअभिनेत्रीको अवार्ड पनि जितेकी थिइन्।

हेर्नुस् भिडियाे :

प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्