Kathmandu Press

राणा दग्गुबातीको  'हाथी मेरे साथी’को ट्रेलर सार्वनजिक

काठमाडौं, फागुन २१ : दक्षिण भारतीय अभिनेता राणा दग्गुबाती अभिनित चलचित्र ‘हाथी मेरे साथी’ काे ट्रेलर सार्वनजिक भएको छ। तीन मिनेटको उक्त ट्रेलरमा जंगली...
राणा दग्गुबातीको  'हाथी मेरे साथी’को ट्रेलर सार्वनजिक

काठमाडौं, फागुन २१ : दक्षिण भारतीय अभिनेता राणा दग्गुबाती अभिनित चलचित्र ‘हाथी मेरे साथी’ काे ट्रेलर सार्वनजिक भएको छ। तीन मिनेटको उक्त ट्रेलरमा जंगली हात्ती बचाउन गरिएको संघर्ष देख्न सकिन्छ ।  

‘बाहुबली’मा भल्लालदेवको भूमिकाबाट चर्चित बनेका राणाको यो चलचित्र २६ मार्चमा प्रर्दशन हुँदैछ।  उनी यस चलचित्रमा वनदेव नामको पात्रमा देखिदैछन्। हिन्दी, तमिल र तेलुगू भाषामा बनेको यस चलचित्रको लागि उनले ३० केजीभन्दा धेरै तौल घटाएका छन्। 

चलचित्रमा पुलकित सम्राट, जोया हुनेन र श्रिया पिलगांवकर लगायत कलाकारको अभिनय रहेको छ। प्रभू सोलोमनकोे निर्देशन रहेको यस चलचित्रलाई इरोस इन्टरनेसनले निर्माण गरेको हो। 

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्