Kathmandu Press

सविताले ल्याइन् ‘शितल दिने कर्के नजर’

काठमाडौं, फागुन २० : गायिका सविता ढुंगानाको लोकदोहोरी गीत ‘शितल दिने कर्के नजर’ सार्वजनिक भएको छ।लोक लयमा रहेको गीतमा सवितासँगै रामेश्वर भण्डारी र...
सविताले ल्याइन् ‘शितल दिने कर्के नजर’

काठमाडौं, फागुन २० : गायिका सविता ढुंगानाको लोकदोहोरी गीत ‘शितल दिने कर्के नजर’ सार्वजनिक भएको छ।

लोक लयमा रहेको गीतमा सवितासँगै रामेश्वर भण्डारी र राज तिमिल्सिनाले स्वर दिएका छन्। यो गीत उनले नै लेखेकी हुन्।

यस गीतको म्युजिक भिडियो मिलन फिल्म्सले निर्माण गरेको हो। मिलन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोको मुकेश हुमागाईले छायांकन गरेका हुन्। यसका सम्पादन रोशन धितालले गरेका छन्।

म्युजिक भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगानालगायतको अभिनय रहेको छ।

प्रकाशित मिति: १८:५८ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्