Kathmandu Press

चलचित्र पत्रकार संघ सुनसरी शाखा गठन, विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति

सुनसरी, फागुन २० : चलचित्र पत्रकार संघको नेपालको सुनसरी शाखा गठन भएको छ । विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यी यतदर्थ समिति गठन गरिएको छ...
चलचित्र पत्रकार संघ सुनसरी शाखा गठन, विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति

सुनसरी, फागुन २० : चलचित्र पत्रकार संघको नेपालको सुनसरी शाखा गठन भएको छ । विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यी यतदर्थ समिति गठन गरिएको छ ।

तदर्थ समितिको उपाध्यक्षमा उपाध्यक्ष मनोज दाहाल, सचिवमम सुमन भट्टराई रहेका छन् भने सह सचिव शरुपा थापामगर छिन्। यस्तै कोषाध्यक्षमा सविना वान्तवा, सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आर।बी। कट्वाल, राजकुमार खाती, प्रशान्त पुरी र सुप्रीया राई रहेका छन्। 

समितिमा बाँकी रहेका सदस्य र सल्लाहकार नियुक्तीको विषयमा तदर्थ समितिको पहिलो बैठकले निर्णय गर्ने बताइएको छ। 

चलचित्र पत्रकार संघ सुनसरी शाखा गठन कार्यक्रममा चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा अध्यक्ष नरेन्द्र बस्नेत, चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधान, वरिष्ठ संगीतकार गुरुदेव कामत, निर्माता राजकुमार राईलगायत उपस्थित थिए।

सुनसरी शाखा चलचित्र पत्रकार संघ नेपालको ९औं शाखा हो।

प्रकाशित मिति: ११:५८ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्