Kathmandu Press

गोर्खा वारियर–२ बनाउँदै मिलन चाम्स

काठमाडौं, फागुन १८ : निर्मता तथा निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर–२’ बनाउने घोषणा गरेका छन्। काठमडौंमा मंगलबार एक कार्यक्रम गर्दै चाम्सले ‘गोर्खा वारियर–२’को...
गोर्खा वारियर–२ बनाउँदै मिलन चाम्स

काठमाडौं, फागुन १८ : निर्मता तथा निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर–२’ बनाउने घोषणा गरेका छन्। काठमडौंमा मंगलबार एक कार्यक्रम गर्दै चाम्सले ‘गोर्खा वारियर–२’को घोषणा गरेका हुन्।

लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा बन्ने फिल्म फागुन २३ गतेबाट फ्लोरमा जाने कार्यक्रममा बतायो । फिल्ममा सुरेश राई र पूर्ण लिम्बु सह–निर्माताको रुपमा रहेका छन्।

Hardik ivf

‘गोर्खा वारियर २’ले गोर्खालीहरुको बहादुरी र वीरताको कथा भन्ने निर्देशक चाम्सले जानकारी दिए । कार्यक्रममा चाम्सले ‘गोर्खा वारियर’का ४ वटा सिरिज बनाउने पनि घोषणा गरे । अघिल्लो वर्ष नै सुटिङ सुरु भएको ‘गोर्खा वारियर’लाई थाँती राख्दै ‘गोर्खा वारियर २’ तयारी गरेको उनले बताए ।

‘कोरोना महामारीका कारण ‘गोर्खा वरियर्स’को सुटिङ बीचमै रोकियो, त्यसले फिल्मको बजेट पनि निकै बढ्यो,’ निर्देशक चाम्सले भने, ‘अहिले ‘गोर्खा वारियर’लाई थाँती राख्दै ‘गोर्खा वारियर–२’लाई अगाडि बढाएका छाैं।’ ‘गोर्खा वारियर २’ सकिएपछि ‘गोर्खा वारियर’को काम पनि अगाडि बढाउने उनले बताए।

फिल्ममा रितेश चाम्स, रेविका गुरुङ र विजय लामा लामा मुख्य भूमिका रहने छन्। यस्तै बुद्धी तामाङ, रियर राई, भूवनसिंह राई, शिशिर वाङ्देल, सारा राई, कविता आलेलगायतका कलाकार पनि फिल्ममा हुने छन्। फिल्मका सम्पूर्ण गीत सशस्त्र प्रहरी बलमा आईजिपी शैलेन्द्र खनालले लेखेका हुन् । गीतमा एलिस कार्कीको संगीत र राजेशपायल राइको स्वर रहनेछ।

फिल्मका कथा निर्देशक चाम्सै आफैंले लेखेका हुन् भने पटकथा÷संवाद गिरिजा घिमिरेको छ। फिल्म सुदीप बरालले खिच्ने छन् भने द्वन्द्वनिर्देशक हिमाल केसीले गर्ने छन्। फिल्मको सुटिङ मलेसिया, बेलायत र नेपाल गरिने छ।

 

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्