Kathmandu Press

पूर्णिमा मिस ब्युटिफुल, पवित्रा मिसेस ब्युटिफुल

काठमाडौं, फागुन १७ : मिस एण्ड मिसेस ब्युटिफुटको उपाधि पूर्णिमा क्षेत्री र पवित्रा बञ्जराले जितेका छन्। दक्ष इन्टरनेशनल प्रालिले आयोजना गरेको मिस एण्ड मिसेस...
पूर्णिमा मिस ब्युटिफुल, पवित्रा मिसेस ब्युटिफुल

काठमाडौं, फागुन १७ : मिस एण्ड मिसेस ब्युटिफुटको उपाधि पूर्णिमा क्षेत्री र पवित्रा बञ्जराले जितेका छन्। दक्ष इन्टरनेशनल प्रालिले आयोजना गरेको मिस एण्ड मिसेस ब्युटिफुटमा पूर्णिमा मिस ब्युटिफुल र पवित्रा मिसेस ब्युटिफुल बनेका हुन्।

मिस व्युटिफुल बनेकी पूर्णिमा क्षत्रीले युट्युब मस्टभ्यूज र मल्टिमिडिया च्वाईस अवार्ड पनि जितिन् । यस्तै, गीता उप्रेती फस्ट रनरअप भइन् भने गीता गुरुङ सेकेण्ड रनरअप भइन्।

Hardik ivf

यसैगरी पवित्रा वञ्जारा मिसेस ब्युटिफुलसँगै वेस्ट ¥याम्पवाक, वेस्ट स्किन र मस्ट ट्यालेन्टेड भएकी छिन्। प्रतियोगितामा सुशीला श्रेष्ठ फस्ट रनरअप भइन् । उनले वेस्ट स्पिच र मस्ट पङ्चुअल अवार्ड पनि जितिन्। सेकेन्ड रनरअप बनेकी मञ्जु अधिकारीले मस्ट एक्टिभ अवार्ड हात पारिन्।

कार्यक्रममा अभिनेता सरोज खनाल, गीतकार डा. डिआर उपाध्याय, व्यवसायी सुजन रिमाल, सञ्चारकर्मी अपेक्षा ढुंगाना, मेकअप आर्टिस्ट तारा थापा, मोडल तथा अभिनेत्री करुणा पाण्डे र शिक्षिका कमला चुदारालाई विशेष सम्मान गरिएको थियो।

प्रतियोगितामा पूर्व प्रधान सेनापती रुक्मांगत कटुवाल प्रमूख निर्णायक थिए भने अभिनेता सरोज खनाल, अभिनेत्री रेजिना उप्रेती, ¥यापर निर्णय एनएसके, मिसेस व्युटिफुल नेपाल २०१८ संगिता बस्याल, सञ्चारकर्मी माधव निर्दोषी र नेपाल सरकारका उपसचिव दुर्गा वञ्जाडे निर्णायक रहेका थिए।

 

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्