Kathmandu Press

आजदेखि विश्वकप, पहिलो खेलमा इग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं, जेठ १६ : आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरू हुँदै छ। पहिलो खेलमा आयोजक इग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै छन्।

विश्वकप....

आजदेखि विश्वकप, पहिलो खेलमा इग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं, जेठ १६ : आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरू हुँदै छ। पहिलो खेलमा आयोजक इग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै छन्।

विश्वकपको १२औं संस्करण आजदेखि सुरू हुन लागेको हो। इग्ल्यान्ड र वेल्समा आयोजना हुने खेल डेढ महिना चल्नेछ। आज मे ३० मा पहिलो खेल हुने छ भने फाइनल खेल जुन १४ मा हुनेछ।

यसपटकको विश्वकपमा सहभागी टोलीको संख्या घटाएको छ। यसमा १० टिम प्रतिस्पर्धा गर्नेछन्।

इग्ल्यान्डको टीम।

जसमा अफ्गानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इग्ल्यान्ड, भारत, न्यूजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्दै छन्।

राउन्ड रोविन र नट आउट चरणमा हुने प्रतियोगितामा ४८ खेल हुनेछन्।

दक्षिण अफ्रिकाको टीम।

आज दिउसो ३ः१३ बजे लन्डनमा पहिलो खेल हुँदै छ। आयोजक इग्ल्यान्डको नेतृत्वमा इयोन मोर्गनले गर्ने छन भने दक्षिण अफ्रिकाको नेतृत्व फाफ डुप्लेसीले गर्नेछन्।

प्रकाशित मिति: ११:०५ बजे, बिहीबार, जेठ १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्