आज नेप्सेमा गयाे पहिरो
काठमाडौं, फागुन १६ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले घटेको छ । लगातार उकालो लाग्दै नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि...
काठमाडौं, फागुन १६ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले घटेको छ ।
लगातार उकालो लाग्दै नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट देखिएको छ । साताको पहिलो दिन आइतबार नेप्सेमा ७९.७४ बिन्दुले घटेर दुई हजार ४७४।३९ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.५३ बिन्दुले घटेर ४४७.२९ मा ओर्लेको छ । आइतबार नेप्से ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ । कुल २०७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता सेयर ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ मूल्यमा खरिदबिक्री भए ।
लगातार बजार ओरालो लाग्दा कुल बजार पुँजीकरणमा ठूलो गिरावट आएको छ । झन्डै एक सातामा २ खर्ब बढीले बजार पुँजीकरण ओर्लिएको छ । नेप्सेको आइतबारको विवरणअनुसार कुल बजार पुँकरण ३४ खर्ब ९ अर्ब २५ करोड ६८ लाख १० हजार रुपैयाँ बराबर पुगेको छ ।
नेप्सेले आइतबारदेखि १३ उपसमूह कायम गरेर कारोबार गरेको छ । तीमध्ये आइतबार होटल एन्ड टुरिजम उपसमूहबाहेक अरू सबै उपसमूहको सेयर ओरालो लागेको छ ।
होटल एन्ड टुरिजममा ११.०८ बिन्दुले उकालो लाग्दा बैंकिङ ५४.५७, व्यापार ११.२२, विकास बैंक ७५.५१, जलविद्युत् ६७.१५, वित्त २९.७४, निर्जीवन बीमा १७८.१, उत्पादन १९८.२, अन्य ८१.३५, लघुवित्त १४१.२९, जीवन बीमा ६२४.८, सामूहिक लगानी कोष ०.२४ र इन्भेस्टमेन्ट ४.१३ बिन्दुले घटेको छ ।
कारोबारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको एक अर्ब दुई करोड १६ लाख ३२ हजार ८२४ रुपैयाँ बराबरको कारोबार भयो।
यस्तै पूर्वाधार बैंक ६३ करोड ४९ लाख ५५ हजार ४ सय ६०, ग्लोबल आइएमई बैंक रु ३४ करोड ७५ हजार २ सय ४५, नेपाल पुनर्बिमा कम्पनी २८ करोड ६१ लाख ३९ हजार ७ सय ९० रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २५ करोड ७२ लाख ७१ हजार १ सय ७४ रुपैयाँ, एनआइसी एसिया बैंक २४ करोड ६० लाख नौ हजार ५ सय ४५ रुपैयाँ, नबिल बैंक रु २२ करोड ९४ लाख ५८ हजार ६ सय ६६ रुपैयाँ, नेपाल बैंक रु २२ करोड ८५ लाख ७४ हजार ६ सय ३९ रुपैयाँ, नेको इन्स्योरेन्स रु २२ करोड ६९ लाख ९४ हजार ३ सय २ र प्रभु बैंक रु १९ करोड ८१ लाख ९४ हजार ७ सय ५३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९.८१ प्रतिशतले कमाए । यस्तै सिटिजन म्युचुअल फन्ड २.८४, शिखर इन्स्योरेन्स २.८०, एनआइसी एसिया डिवेञ्चर १.७१, एनआइसी एसिया डिवेञ्चर २०८१÷८२ का लगानीकर्ताले १.५० प्रतिशतले आर्जन गर्दा एनएलजी इन्स्योरेन्स ०.९९ र प्रभु बैंकको डिवेञ्चरमा लगानी गर्नेले ०.९५ प्रतिशतले कमाए।
त्यस्तै, गणपति माइक्रोफाइनान्स ७, नेपाल फाइनान्स ६.७४, पूर्वाधार बैंक ६.४५, नेपाल हाइड्रो डेभलपर ६.१३, अपि पावर कम्पनी ६.११, बरुण हाइड्रोपावर ५.९६, लिबर्टी इनर्जी ५.९३, रिडी हाइड्रोपावर ५.८८, नेसनल हाइड्रोपावर ५.७० र अरुण भ्याली हाइड्रोपावरका सेयरधनीले ५.६७ प्रतिशतले गुमाएका छन्।






