Kathmandu Press

‘कबड्डी ४’ को घोषणा

काठमाडौं, फागुन १५ : नेपाली फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल बन्ने भएको छ । फिल्मका निर्देशक रामबाबु गुरुङले शुक्रबार पोस्टर सार्वजनिक गर्दै ‘कबड्डी ४’...
‘कबड्डी ४’ को घोषणा

काठमाडौं, फागुन १५ : नेपाली फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल बन्ने भएको छ । फिल्मका निर्देशक रामबाबु गुरुङले शुक्रबार पोस्टर सार्वजनिक गर्दै ‘कबड्डी ४’ बनाउने घोषण गरेका हुन् । 

सार्वजनिक पोस्टरमा ‘कबड्डी ४ द फाइनल म्याच’ लेखिएको छ । 

Hardik ivf

कबड्डीका यसअघिका सबै फिल्म दर्शकले रुचाएका छन्। अघिल्लो वर्ष प्रदर्शनमा आएको ‘कबड्डी कबड्डी कबड्डी’ले हलमा ५१ दिन मनाउन सफल भएको थियो। 

गत वर्ष नै फिल्मका निर्देशक गुरुङले कबड्डी सिरिजको एउटा अन्तिम फिल्म बन्ने जानकारी गराएका थिए। बाँसुरी फिल्मको प्रस्तुती रहने ‘कबड्डी ४’ अर्को साल प्रदर्शनमा आउने बताइएको छ।
 

प्रकाशित मिति: १२:२२ बजे, शनिबार, फागुन १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्