Kathmandu Press

‘वनमा खयर’बाट घमेशको पुनारागमन 

काठमाडौं, फागुन १४ : लोक दोहोरी गायक घमेश दुलालले ‘वनमा खयर’बाट सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन् । घमेशले ११ वर्षपछि ‘वनमा खयर’ ल्याएका हुन्।घमेशलाई...
‘वनमा खयर’बाट घमेशको पुनारागमन 

काठमाडौं, फागुन १४ : लोक दोहोरी गायक घमेश दुलालले ‘वनमा खयर’बाट सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन् । घमेशले ११ वर्षपछि ‘वनमा खयर’ ल्याएका हुन्।

घमेशलाई ‘वनमा खयर’मा गायिका प्रविशा अधिकारीले साथ दिएकी छन्। शिव हमालले लेखेकोे गीतमा प्रभावन जे संगीत भरेका छन्। गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन्।

Hardik ivf

‘वनमा खयर’को भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो। भिडियोमा बुद्धी तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलले अभिनय गरेका छन्। भिडियोलाई कमल राईले निर्देशन गरेका हुन्। 

घमेशका ‘नारायण थान मा गेट’, ‘दमौलीमा गेट’, ‘घर हाम्रो रामेछाप’, ‘आमाको आशीर्वाद, ‘अन्तिम चिट्ठी’लगायत गीत चर्चित छन्।

 

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्