Kathmandu Press

शाहरुख–सलमान एकसाथ देखिँदै

शाहरुख–सलमान एकसाथ देखिँदै

काठमाडौं, फागुन १४ : शाहरुख खानको कम्ब्याक फिल्म ‘पठान’मा सलमान खान पनि जोडिने भएका छन् । 

सिद्धार्थ आनन्दले निर्देशन गरेको एक्सन थ्रिलर जनरामा बन्ने उक्त फिल्ममा सलमान पनि जोडिन लागेका हुन् । 

Hardik ivf

छायांकनको अन्तिम चरणमा रहेको फिल्ममा सलमानले सानो केमियो रोल गर्न लागेका हुन्। यतिबेला सलमान देखिने सिनको छायांकन भइरहेको छ। 

‘पठान’मा सलमान आफ्नो टाइगर लुक्समा देखिने छन्। सलमान देखिने सिनमा ’टाइगर ३’ को थोरै कथा पनि अगाडि बढाइन लागेको निर्माण टोलीले जनाएको छ। फिल्ममा सलमान देखिने सबै सिनहरू शाहरुख सँगै रहेको बताइएको छ। सलमान अझै ११ दिन पठानको सेटमा रहने छन्।

फिल्ममा शाहरुख जासुसको भूमिकामा देखिँदैछन्। शाहरुखसँगै फिल्ममा दीपिका पादुकोन, जोन अब्राहम, डिम्पल कपाडिया लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ। 

पठान आउँदो नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी गरिँदैछ । 

प्रकाशित मिति: १४:४८ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्