Kathmandu Press

दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा स्वस्तिमा 

काठमाडौं, फागुन १४ : नायिका स्वस्तिमा खड्का  दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भएकी छन् । उनी चलचित्र  ‘थिरिमाली’मा अनुबन्धित भएकी हुन् । कलाकार छनौटको लागि नेपाल आएको...
दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा स्वस्तिमा 

काठमाडौं, फागुन १४ : नायिका स्वस्तिमा खड्का  दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भएकी छन् । उनी चलचित्र  ‘थिरिमाली’मा अनुबन्धित भएकी हुन् । 

कलाकार छनौटको लागि नेपाल आएको निर्माण टोलीले स्वस्तिमालाई चलचित्रका लागि अनुबन्ध गरेको हो।

Hardik ivf

नेपालको तर्फबाट ‘थिरिमाली’मा सहकार्य गर्न लागेका अनन्या फिल्मस्का सञ्चालक सरोज न्याैपाने चलचित्रमा स्वस्तिमा अनुबन्धित भएको बताएका छन । चलचित्रलाई दक्षिण भारतीय कम्पनी एञ्जल मारिया सिनेमाज्ले निर्माण गर्दैछ ।

चलचित्रको छायांकन अर्को महिनादेखि सुरु हुने बताइएको छ । 

राजीव सेट्टीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत छायांकन नेपाल र बाँकी ३० प्रतिशत छायांकन भारतमा गरिनेछ । चलचित्रमा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगाटीको मुख्य भूमिका छ । 

 चलचित्रमा खड्काको भूमिकाबारे खुलाइएको छैन । 
 

प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्