मिस इको इन्टरनेसलनमा अनुश्माले प्रतिस्पर्धा गर्ने
काठमाडौं, फागुन १० : इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन्।मिस इकोका लागि...
काठमाडौं, फागुन १० : इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन्।
मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले प्रतियोगितामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो। १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने प्रतियोगिताका लागि रायमाझी ‘मिस इको इन्टरनेसनल नेपाल २०२०’को बिजेता भएपछि छानिएकी हुन्।
६० भन्दा बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनेछिन्।
२१ वर्षीया रायमाझी प्रतियोगिताका लागि मार्च पहिलो साता इजिप्ट उड्ने तयारीमा छिन्। प्रतियोगितामा कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक तथा पर्यटकीय स्थानको प्रचार गर्ने उनले बताइन्।
मिस इको इन्टरनेसनलमा रायमाझी नेपालको छैटौं सहभागी हुन्। यसअघि प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले र मौनता लामा सहभागिता जनाएका थिए।
‘मिस इको इन्टरनेशनल’को उपाधि नेपाल भित्रिने आसासहित रायमाझीलाई प्रतियोगितामा पठाउन लागिएको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए। ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा रहेकी छन्।
यो प्रतियोगिता एलटीसीपी अर्गनाईजेसनले ब्युटी फर इको जागृत गर्दै टुरिज्म र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो। यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ।




-1790252522.jpg)





-1789895690.jpg)
