Kathmandu Press

तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि कलाकारको खोजी

काठमाडौं, फागुन १० : दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सनका लागि कलाकारको खोजी शुरु भएको छ।निर्माण तथा वितरणको अनुमति लिएको...
तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि कलाकारको खोजी

काठमाडौं, फागुन १० : दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सनका लागि कलाकारको खोजी शुरु भएको छ।

निर्माण तथा वितरणको अनुमति लिएको युवा फिल्मस्ले यसको लागि अडिसनमार्फत कलाकार छान्न लागेको हो। बिशाल सापकोटाको निर्देशन रहने यो चलचित्र करिब एक वर्षअघि नै निर्माण घोषणा भएको थियो। तर, कोरोना माहामारीका कारण स्थगित भएको थियो।

Hardik ivf

अहिले भने अडिसनमार्फत फिल्मको अभिनेता, अभिनेत्री तथा अन्य कलाकार छनोट गरेर काम अगाडि बढाउन लागिएको निर्देशक सापकोटाले बताए। अहिलेसम्म कलाकारहरू तय नभएको र अडिसनमार्फत छान्न लागिएको युवा फिल्मस्ले जनाएको छ।

दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनित फिल्मलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए। फिल्मको हिन्दी रिमेक ‘कबिर सिंह’ पनि व्यवसायिक रुपमा सफल भएको थियो।

‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्का तर्फबाट केशव खड्काले केही समयअघि नेपाली रिमेकका लागि अमेरिकामा निर्माण सम्झौता गरेका थिए।

दक्षिण भारतीय फिल्मको राइट्स् लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो। फिल्म केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्न लागेका हुन्।

प्रकाशित मिति: १८:१८ बजे, सोमबार, फागुन १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्