Kathmandu Press

वरुण र कृतिको हरर फिल्म ‘भेडिया’ आउँदै

काठमाडौं,फागुन १० : बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेननको मुख्य भूमिकामा हरर फिल्म ‘भेडिया’ बन्ने भएको छ । निरेन भट्टको लेखन तथा अमर...
वरुण र कृतिको हरर फिल्म ‘भेडिया’ आउँदै

काठमाडौं,फागुन १० : बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेननको मुख्य भूमिकामा हरर फिल्म ‘भेडिया’ बन्ने भएको छ । 

निरेन भट्टको लेखन तथा अमर कौशिकको निर्देशन रहेको फिल्म दिनेश विजनले निर्माण गर्ने भएका हुन् । आइतबार उक्त हरर फिल्मको टिजर सार्वजनिक गरिएको छ ।  टिजर हेर्दा फिल्म डरलाग्दो बन्ने अनुमान लगाउन सकिन्छ । 

यसअघि कृति र वरुण दिलवालेमा सँगै देखिएका थिए। दिलवालेपछि कृतिले एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् भने वरुणले पनि आधा दर्जन बढी फिल्म खेलिसकेका छन्। 

सन् २०२२ को अप्रिल १४ मा फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिँदैछ। 

प्रकाशित मिति: १५:०० बजे, सोमबार, फागुन १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्