Kathmandu Press

रुबिना दिलाइकले जितिन् ‘बिग बोस’ को उपाधि 

काठमाडौं, फागुन १० : ‘बिग बोस’को उपाधि  रुबिना दिलाइकले हात पारेकी छिन् । भारतीय टेलिभिजन कलर्सबाट प्रशारण हुने  ‘बिग बोस’ अन्तर्गत १४ औं...
रुबिना दिलाइकले जितिन् ‘बिग बोस’ को उपाधि 

काठमाडौं, फागुन १० : ‘बिग बोस’को उपाधि  रुबिना दिलाइकले हात पारेकी छिन् । भारतीय टेलिभिजन कलर्सबाट प्रशारण हुने  ‘बिग बोस’ अन्तर्गत १४ औं संस्करणको उपाधि दिलाइकले हात पारेकी हुन् ।

बिजेता भएसँगै उनले ३६ लाख भारतीय रुपैयाँ पुस्कार पाएकी छिन् । बिग बोसमा जानुअघि उनी टेलिसिरियलमा काम गर्थिन् । यस्तै, बिग बोसको १४ औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन्। यसअघि उनी इण्डियन आइडलको पहिलो सिजनमा पनि फर्स्ट रनर अप बनेका थिए।

Hardik ivf

 होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीबीच विकल्प प्रस्तुत गरेका थिए । उनले १४ लाख भारतीय रुपैयाँ लिएर शो छोड्न सकिने बताउँदै प्रतियोगीलाई निर्णय गर्नका लागि ३० सेकेण्डको समय दिएका थिए ।

खानले दिएको यो विकल्प राखी सावन्तले रोजेकी थिइन् । बिग बोसलाई भारतको विवादित शो मानिएतापनि सबैभन्दा ठूलो रियालिटी शो हो ।

प्रकाशित मिति: ०८:५२ बजे, सोमबार, फागुन १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्