Kathmandu Press

इमरान हाशमीले किस सिन नदिने

इमरान हाशमीले किस सिन नदिने

काठमाडौं, फागुन ८ : ‘सिरियल किसर’का नाममले परिचित बलिउड अभिनेता इमरान हाशमीले अब किस सिन नदिने बताएका छन्। नयाँ म्युजिक भिडियो ‘लुट गए’को प्रमोशनका क्रमा हाशमीले  ‘सिरियल किसर’बाट रिटायर भएको बताएका छन्।

प्रमोशनकै क्रममा सोधिएको गरेको प्रश्नको जवाफ दिँदै हाशमीले ‘अब अरु हुँदैन, यसबाट म रिटायर भइसकेँ ।’ तीन दिनअघि मात्र रिजिल भएको जुविन नौटियालको गीत ‘लुट गए’ले युट्युबमा ३६ मिलियन भ्यू पाएको छ।

‘जन्नत’, ‘मर्डर’, ‘राज–३’, ‘आवारपन’जस्ता थुप्रै हिट फिल्म दिएका हाशमीका सुरुवाती अधिकांश फिल्ममा किस सिन हुने गर्दथ्यो । त्यसैले उनलाई बलिउडमा ‘सिरियल किसर’का रुपमा चिनिन्छ।

प्रकाशित मिति: १६:४६ बजे, शनिबार, फागुन ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्