Kathmandu Press

कोर्टको शरणमा शर्लिन, मागिन अग्रीम जमानत

काठमाडौं, फागुन ७ :अश्लिल सामग्री पोस्ट गरेको अभिययोगमा मुद्दा खेपिरहेकी बलिउड अभिनेत्री शर्लिन चोपडाले ग्रमीम जमानत माग गरेकी छिन् । जमानतको लागि शर्निल...
कोर्टको शरणमा शर्लिन, मागिन अग्रीम जमानत

काठमाडौं, फागुन ७ :अश्लिल सामग्री पोस्ट गरेको अभिययोगमा मुद्दा खेपिरहेकी बलिउड अभिनेत्री शर्लिन चोपडाले ग्रमीम जमानत माग गरेकी छिन् । जमानतको लागि शर्निल मुम्बईको उच्च अदालतमा निवेदन दिएकी छिन्।

शर्लिनमाथि फ्री पोर्नोग्राफिक वेवसाइटमा अश्लिल सामग्री सर्वाजनिक गरेको अरोप छ । जमानको माग गर्दै शर्लिनले ‘त्यो सामग्री सब्क्रिप्सनमा आधारित इन्टरनेशनल पोर्टलका लागि बनाइएको र आफू पाइरेसीको सिकार भएको’ दाबी गरेकी छिन्। यसअघि सेशन कोर्टले शर्निलले गरेको जमानतको अपिल खारेज गरेको थियो। मुम्बई उच्च अदालतका न्यायाधीश पिडी नायकले यो केशको सुनुवाई आगामी सोमबारका लागि सारेका छन्। 

३१ अक्टोवर २०२०मा ६७ वर्षीय रिटायर्ड कस्टम एण्ड एक्साइज अफिसर मधुकर केनीले शर्लिनविरुद्ध साइबर पुलिसमा उजुरी दिएका थिए । उनले पुलिसलाई एउटा पेनड्राइभ दिँदै अन्य थुप्रै एडल्ड कन्टेन्ट प्लेटफर्मको नाम पनि दिएका थिए । शर्लिनको नाम एक सर्ज इन्जिनमा टाइप गर्दा उनका थुप्र्रै ‘पोर्न भिडियो’ आएको आरोप केलीले लगाएका छन्।

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, फागुन ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्