Kathmandu Press

सत्यराजको आवाजमा ‘भरोसाको दियो’ बजारमा

काठमाडौं, फागुन ७ : हरिहर निरौलाको शब्दमा ‘भरोसाको दियो’ बोलको गीत बजारमा आएको छ । गीतमा गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज भरेका छन् ।...
सत्यराजको आवाजमा ‘भरोसाको दियो’ बजारमा

काठमाडौं, फागुन ७ : हरिहर निरौलाको शब्दमा ‘भरोसाको दियो’ बोलको गीत बजारमा आएको छ । 

गीतमा गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज भरेका छन् । विशाल ढकालले संगीत गरेको गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन् । 

Hardik ivf

म्यूजिक भिडियो सहित तयार पारिएको गीतलाई आचार्य स्वयंले निर्देशन गरेका छन् । उनकै अभिनय समेत देख्न पाईने भिडियोमा स्वरूप पुरुष ढकाल र पुष्पा रायमाझीले पनि अभिनय गरेका छन् । 

हरि हुमागाँईको छायाङ्कन र विकास धमलाको सम्पादन रहेको भिडियोलाई सत्यराज आचार्य र स्वरूपराज आचार्यको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, फागुन ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्