Kathmandu Press

म्यान्मारको याङ्गुनमा सेना विरुद्ध प्रदर्शन, सवारी आवागमन ठप्प

काठमाडौं, फागुन ६ : फेब्रुअरी १ तारिखमा सेनाले सत्ता हातमा लिएको विरोधमा हजारौँ प्रदर्शनकारीहरूले म्यान्मारका विभिन्न सहरहरूमा प्रदर्शन गरिरहेका छन्। याङ्गुनमा सवारी चालकहरूले...
म्यान्मारको याङ्गुनमा सेना विरुद्ध प्रदर्शन, सवारी आवागमन ठप्प

काठमाडौं, फागुन ६ : फेब्रुअरी १ तारिखमा सेनाले सत्ता हातमा लिएको विरोधमा हजारौँ प्रदर्शनकारीहरूले म्यान्मारका विभिन्न सहरहरूमा प्रदर्शन गरिरहेका छन्। याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन्।

अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको छ। म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाएका छन् जसमा कम्तीमा एक जना घाइते भएको बताइएको छ। प्रदर्शनकारीहरूले नेत्री आङ सान सू ची सहित अन्य जन निर्वाचित नेताहरूको रिहाइको माग गरिरहेका छन्। सू ची माथि मङ्गलवार नयाँ आपराधिक अभियोग लगाइएको थियो।

Hardik ivf

सेनाले त्यहाँ फेरि निर्वाचन गराउने वाचा दोहोर्‍याएको छ तर कैयौँ प्रदर्शनकारीहरूले भने संशय व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घको म्यान्मारका लागि विशेष प्रतिवेदकले त्यहाँ सेना हिंसामा उत्रन सक्ने जनाएसँगै पछिल्ला घटनाक्रमहरू अघि आएका छन्। बुधवार म्यान्मारमा ठूला अप्रिय घटना नघटेको विवरण प्राप्त भए पनि सामाजिक सञ्जालमा देखा परेको एउटा भिडिओमा सुरक्षाकर्मीहरूले म्यान्डले रेलवे स्टेसनमा कैयौँ राउन्ड गोली चलाएको देखिएको छ।

प्राप्त विवरण अनुसार प्रदर्शनकारीहरूले सेनाको सामान बोकेको रेललाई अघि बढ्नबाट रोक्ने प्रयास गरेका थिए। बुधवार आयोजना गरिएका प्रदर्शनले याङ्गुनको ट्राफिक व्यवस्थालाई लगभग निष्क्रिय पारिदिएको थियो। सामाजिक सञ्जालमा जानाजान सडक अवरुद्ध पार्न गरिएको आह्वानले बुधवार बिहानैबाट बल पाउन थालेको थियो।

सरकारी कर्मचारीलाई कार्यालय जान अनि सुरक्षा निकायहरूको हिँडडुल प्रभावित पार्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

प्रकाशित मिति: ०७:२४ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्