Kathmandu Press

नेपाल वेस्ट म्युजिक अवार्ड हुने 

संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दैे तुल्सी मिडियाले अवार्डको घोषण गरेको हो । आगामी चैत्र १४ गते अवार्ड आयोजना  गर्ने तयारी आयोजकको छ ।  
नेपाल वेस्ट म्युजिक अवार्ड हुने 

काठमाडौं, फागुन ५ : नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना हुने भएको छ । नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दैे तुल्सी मिडियाले अवार्डको घोषण गरेको हो । आगामी चैत्र १४ गते अवार्ड आयोजना  गर्ने तयारी आयोजकको छ।  

अवार्डमा ३९ वटा विधा समावेश गरिएको छ ।  जसमा लोक, पप, आधुनिक र फिल्म अन्तर्गत छन् । लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, नायक र नायिका समावेश छन् । यस्तै, फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका छन् । यस्तै सबै विधा अन्र्तगत नव गायक, गायिका, नव नायक र नायिका समावेश छ।

Hardik ivf

यस्तै, प्राविधिकतर्फ सबै विधा अन्तर्गत छाँयाकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश छ । यस्तै पपुलर विधा अन्र्तगत गीत, संगीतकार, गायक, गायिका, नायक र नायिका छन् । पपुलर तर्फका सबै विधामा प्रत्यक्ष भोटिङ समेत हुने तुल्सी मिडियाले जनाएको छ । यस्तै दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्ड द्धारा सम्मान गरिनेछ।

यहि फाल्गुन ३ गतेबाट फाल्गुन २१ सम्मको लागि सबै विधामा फर्म खुल्ला गरिएको आयोजकले जनाएको छ । निशुल्क फर्मको लागि आयोजकलाई सम्पर्क गर्न सकिनेछ भने डिजिटल प्रविधि मार्फत पनि फर्म भर्न सकिने जनाएको छ ।

नेपाल बेष्ट म्युजिक अवार्डको लागि ३ जनाको जुरी तय गरिएको छ । जुरीमा रहेका सदस्यहरुलाई भने अवार्डको दिन मात्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ । नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्दै नेपाली साँगीतिक क्षेत्रको चलायमान र क्रियाशिलतालाई यस अवार्डले अझ बढाउने बताइएको छ।

डिजिटल फाराम भर्न यहाँ क्लिक गर्नुहाेस् 

प्रकाशित मिति: १७:०९ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्