Kathmandu Press

फिल्म ‘पर्पला’मा निखिला 

फिल्म ‘पर्पला’मा निखिला 

काठमाडौं, फागुन ४ : नेपाली कला क्षेत्रको मोह नेपालमा बस्नेलाई मात्र होइन परदेशमा बस्नेलाइ पनि हुने गर्दछ। परदेशमा बस्ने कत्तिले अवसर पाउछन भने कतिले इच्छा भए पनि बिबिध कारणले आफ्नो कला प्रस्तुत गर्न पाएका हुदैनन। झापा जिल्लामा जन्मिएर अस्ट्रेलियालाई कर्म थलो बनाएकी निखिला बुढाथोकी एक भाग्यमानीमा पर्दछिन उनले अस्ट्रेलियामा बसेर कलाकारितामा फड्को मार्दैछिन।

अभिनय,नृत्य कुशलता भएकी अभिनेत्री बुढाथोकी नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी अभिनेत्री हुन्। अस्ट्रेलियामा हुने सांस्कृतिक कार्यक्रम,त्यहाँ बन्ने म्युजिक भिडियोको पहिलो रोजाइमा उनि पर्ने गर्दछिन्। बिगत पाँच बर्ष देखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी निखिला बुढाथोकी पेशाले नर्स हुन्। उनि अस्ट्रेलियामा राम्रो बेली डान्सरको रुपमा परिचित छिन्। उनले थुप्रै इभेन्टमा आफ्नो प्रतिभा देखाउनुका साथै आधा दर्जन म्युजिक भिडियोमा समेत काम गरि सकेकी छिन। हलिउड अभिनेत्री सल्मा हायक,बलिउड अभिनेत्री जिनत अमात र राधिका आप्टेको अभिनय बाट प्रभावित बुढाथोकी नेपालमा भने तृप्ति नाडकर,नम्रता श्रेष्ठ र ऋचा शर्माको अभिनयबाट प्रभावित छिन। भबिस्यमा आफु सफल अभिनेत्रीको रुपमा परिचित भएर स्वदेश तथा बिदेशमा आफ्नो क्षमता देखाउने उनको चाहना रहेको छ।

Hardik ivf

उनलाई थुप्रै चलचित्रमा अफर समेत आइ रहेको उनि बताउछिन्। उनले आधा दर्जन जति चलचित्रको स्क्रिप्ट मन नपरेर काम नगरेको पनि उनले बताइन।  उनलाई अस्ट्रेलियामा नै निर्माण भएको चलचित्र पर्पलाुको कथाले मन छोयो र उनले काम गर्न राजि भइन्, पर्पलाु अस्ट्रेलियामा घट्ने एउटा वास्तविक घटना भएकोले पनि उनलाई काम गर्न मन लागेको हो। यो चलचित्र पश्चात हाल उनि अन्य दुई चलचित्रको स्क्रिप्ट पढ्दै छिन्। मनोज अधिकारीको लेखन तथा निर्देशनमा बनेको चलचित्रको छायाँकन सकिएको छ।

भानु प्रताप प्रस्तुतकर्ता रहेको चलचित्र पर्पलाको अस्ट्रेलियामा नै छायाँकन सकिएको छ।  चलचित्रमा रबिन्द्र कुमार शर्मा,डम्बर बहादुर रसाइली,छबि अधिकारी निर्माता रहेका छन् भने सह निर्मातामा शृजना लुहागुन,सरस्वति गौतम र भिम बहादुर रसाइली रहेका छन्। चलचित्र आरकेस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट,ग्रीन हिल्स इन्टरटेन्टमेन्टको संयुक्त ब्यानरमा निर्माण गरिएको छ। कश्मिर डिक्सनको डिओपी रहेको चलचित्रका सम्पादक सुरेन्द्र पौडेल हुन्।  चलचित्रमा निखिला बुढाथोकीको साथमा पुकार गौतम,रोजी पन्त,ओल्गा तमरा,योगेश घिमिरे,क्रिष्टिन शेल र प्रेक्षा अधिकारी लगाएतको अभिनय रहेको छ। छिट्टै चलचित्रको प्रचार सामाग्रीहरु सार्वजनिक गरिने प्रस्तुतकर्ता भानु प्रतापले जानकारी दिए। 
 

प्रकाशित मिति: १७:१६ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्